एमालेका दुई पक्षको छुट्टाछुट्टै बैठक: एकातिर केन्द्रीय कमिटी, अर्कातिर स्थायी कमिटी
काठमाडाैँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका दुवै समूह (संस्थापन पक्ष र माधव नेपाल पक्ष)को छुट्टाछुट्टै बैठक बुधवार बस्दैछ ।
सोमवारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ । पार्टी विवाद समाधान गर्न कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन लगायत ९ बुँदे एजेन्डाबारे केन्द्रीय समितिमा छलफल हुनेछ ।
सोमवारको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ९ बुँदे एजेण्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक पनि बुधवार नै बसिरहेको छ । भर्चुअल माध्यमबाट बसिरहेको बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माधव नेपाल समूहले मंगलवार देउवाको पक्षमा भोट हालेका २२ जना सांसदहरूसँग छलफल गरेको थियो । हिजोको भेलाले संस्थापन पक्षले स्पष्टीकरण सोधे पनि जवाफ नपठाउने निर्णय गरेको थियो ।
माधव नेपाल समूहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा सहभागी हुनेबारे समेत छलफल चलिरहेको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...