ताजा समाचार

पीपुल्स भोलेन्टियर घोषणा गर्दै नेपाल समूह

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताएर घोषणा गर्दैछ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो ।

माधवकुमार नेपालले पीभीको घोषणा भक्‍तपुरको थापा पार्टी प्यालेसमा मध्यान्ह्र १२ बजेतिर एक कार्यक्रमकाबीच गर्न लागेको हो। त्यसो त नेपाल समूहको अखिलले तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

ओली पक्षको युथफोर्सको प्रतिकार गर्न भन्दै ५०१ सदस्यीय अखिल फोर्स गठन गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org