आफूले बनाएको घर छाडेर हिड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न : माधव नेपाल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुकर्म सहेर सधैँ बस्न नसकिने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यसो भनेका हुन्।
प्रमुख अतिथिका रुपमा कार्यक्रममा बोल्दै नेता नेपालले पुष्पलालपथले कहिल्यै निरंकुशता नसहने उल्लेख गरे। उनले कम्युनिष्ट पार्टी सधैँ इमान्दारहरुबाट बन्नुपर्ने, सत्ता र शक्तिको लोभ गर्न नहुनेमा जोड दिए। उनले छिमेकी चीनमा कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी मनाइरहँदा नेपालमा भने त्यसको ठीक विपरीत अवस्था रहेको उल्लेख गरे।
तर नेपालमा त्यसको ठीक विपरीत टुटफुटमै अल्मलिने अवस्था बनिरहेको उनले बताए। ‘राजनीतिक दलहरु ठीक ढंगले चल्न जरुरी छ’, उनले भने, ‘कम्युनिष्ट बिग्रेमा अरुभन्दा धेरै गन्हाउने भएकाले त्याग, तपस्या, स्वार्थरहित हिसाबले पार्टीमा लाग्नुपर्छ।’
एमालेमा जारी विवादमा आफू अहिले पर्ख र हेरको अवस्थामा रहेको बताएका छन्। ‘आफैँले बनाएको घरमा अरुको अपमान र कुकर्म सहेर बसिँदैन’, उनले भने, ‘शक्तिमा जो पुगेपनि सच्चा कम्युनिष्टलाई फरक पर्दैन। किनकी कम्युनिष्ट कसैको दास हुन सक्दैन।’
उनले आफूविरुद्ध भइरहेका जुलुसले केही फरक नपर्ने बताए। ‘अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक पर्दैन’, उनले भने, ‘कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने र अरुको मानसम्मान गर्नेले मात्रै त्यसको प्रतिफल पाउँछन्।’
उनले कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुनेमा पनि जोड दिएका छन्। अनेक चुनौती चिरेर नै कम्युनिस्ट राजनीति परिपक्व हुने उनको तर्क थियो। उनले एमालेभित्रका अनेक घाउखटिराले आफूलाई सताइरहेको पनि जिकिर गरे।
यही आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अध्यक्ष ओलीले नेपालसहित २२ सांसदलाई कारबाही अघि बढाउन बुधबार स्पष्टीकरण सोधेर पठाएका छन्। नेपाल समूहसँग यसअघि दुई पटकसम्म एमालेले स्पष्टीकरण सोधेको थियो। नेपाललाई ओलीले एक पटक पार्टीबाट हटाइसकेका छन।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...