ताजा समाचार

एकता प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

साउन ४ गतेबाट सुरु भएकाे आज सकिएकाे एमाले केन्द्रीय कमिटीकाे बैठकले ‘बाटो बिराएका, आन्दोलनको अहित हुने गतिविधिमा संलग्नलाई गल्ती सच्याएर आएमा स्वागत गर्ने’ पनि निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको ज्ञवालीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org