ताजा समाचार

बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ ।

बैठक पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ ।

बैठक मूलतः महाधिवेशन केन्द्रित छ । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यसपछि केन्द्रीय समिति बैठक बोलाउनुपूर्व केही जरुरी निर्णयका लागि पदाधिकारी तहले केही सहमति बनाउने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org