ताजा समाचार

राष्ट्रपति बनेपछि पहिलो पटक तिब्बत आए सी, निङ्चीबाट रेल चढेर पुगे ल्हासा

एजेन्सि। चीनका राष्ट्रपति सी चिनफिङ पहिलो पटक स्वशासित क्षेत्र तिब्बत पुगेका छन्।

बुधबार उनी भारतीय सीमानजिकको सहर निङ्ची आइपुगेका थिए। त्यहाँ उनले स्थानीयहरूसँग भेटघाट गरेका थिए। विकास निर्माण आयोजनाको निरीक्षण पनि गरेका थिए।

बिहीबार उनी रेल चढेर तिब्बतको राजधानी ल्हासा पुगेका थिए। केही दिनअघिमात्रै तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको थियो।

उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्छ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। ल्हासा-निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्छ।

समाचार संस्था सिन्ह्वाका अनुसार ल्हासामा सीले पोताला दरबारलगायत स्थानको भ्रमण गरेका थिए।

तिब्बतमा सन् १९५० मा चीनले सेना पठाएको थियो। पछि त्यहाँका दलाई लामा निर्वासनका लागि भारत पुगेका थिए। दलाई लामालाई बेइजिङले खतरानाक पृथकतावादीको संज्ञा दिएको छ।

सी यसअघि  सन् २०११ मा तिब्बत पुगेका थिए। त्यतिबेला उनी उपराष्ट्रपति थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org