ताजा समाचार

गण्डकी सरकारले पूर्णता पाउँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको ४२ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।

जेठ २९ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मन्त्रिपरिषद्मा सामेल गरेका चार मन्त्रीलाई ३० दिनपछि मन्त्रालयको जिम्मेवारी दिएका थिए । आज थप ६ जनालाई मन्त्रिपरिषद्मा सामेल गरी मन्त्रालयलाई पूर्णता दिन लागेका हुन् ।

सत्ता साझेदार प्रमुख दल माओवादी केन्द्रले बिहीबार ३ जनाको नाम टुंग्याएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो पार्टीबाट पनि थप ३ जनालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।

माओवादी केन्द्रले कास्कीका रामजी बराल ‘जीवन’, बाग्लुङ्का चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरको नाम सिफारिस गरेको छ ।

माओवादीबाट सिफारिस पार्टी संसदीय दलका उपनेता बराललाई अर्थ, बुढालाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र चर्तीमगरलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिइने भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्काले जानकारी दिए । माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई भने यसअघि नै स्वास्थ्यमन्त्री बनाइसकिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org