ताजा समाचार

ओली–माधव भेटवार्ताको प्रयास आजपनि जारी

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच निर्णायक भेटवार्ता गराउन लागि परेका दोस्रो तहका नेताहरुले आजपनि आफ्नो प्रयास जारी राख्ने भएका छन् ।

दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बेलुका नै भेटवार्ता गराउने तयारी गरेका थिए । त्यसका लागि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक समापन गरेलगत्तै समय मिलाउन नेताहरुलाई सुझाव समेत दिएका थिए ।

तर, भेटवार्ता गराउन नसकिएपछि आजपनि दोश्रो तहका नेताहरु आजपनि भेटवार्ता गराउन प्रयासमा जुटेका हुन् ।

दोहोरो संवाद भएपनि भेटवार्ताका लागि उपयुक्त वातावरण बनिनसकेको जनाइएको छ ।

बिहीबार बिहान नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरुले अध्यक्ष ओलीलाई भेटेर दुई नेताको भेटवार्ता गराउने प्रस्ताव गरेका थिए, जसमा ओली कन्भिन्स समेत भएका थिए । सोही सहमति र सल्लाह अनुसार नेता रावलले बिहीबारै ओलीलाई बालकोटमा भेटेर वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न नेपाल निवास कोटेश्वर छिरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org