ताजा समाचार

गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन्।

आज मन्त्रिपरिषद बिस्तार गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्।

गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त भए पनि पोखरेलले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका थिएनन्।

कांग्रेसका कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन्।

माओवादीबाट रामजी बराल अर्थ मन्त्री भएका छन्।

जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री यसअघि नै भइसकेका थिए।

स्वतन्त्र सांसद राजिब गुरूङ युवा तथा खेलकूद मन्त्री भएका छन्। उनलाई पनि यसअघि नै मन्त्री बनाइएको थियो।

कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री भएका छन्।

माओवादीबाट मधु अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी थिइन्।

माओवादीका चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन्।

कांग्रेसका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री भएका छन्।

माओवादीबाट दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ खाइसकेका छन्।

पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ। दुई सांसद रहेको जसपाले दुई जना नै मन्त्री हुनुपर्ने माग गरिरहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org