ताजा समाचार

ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लगाएर, सापट लिएर भए पनि नागरिकलाई खोप पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘संविधान किन लेखिएको थियो भन्ने कुरा पूर्वसभामुखलाई बढी थाहा छ । हामीले अनुरोध गरेका हौँ । त्यो ह्वीप होइन । अरु पार्टीलाई पनि त हामीले अनुरोध गरेका हौँ । एमालेकै पार्टीका नेतालाई पनि अनुरोध गरेका हौँ ।

उहाँले संविधानतह अनुरोध गर्न पनि पाइँदैन भने त्यो कहाँको नियम हो’, प्रधानमन्त्रीले भने,’उहाँले दिएका केही सुझाव मननयोग्य छन् । ऋण लगाएर सापट लिएर भएपछि नेपाली जनतालाई खोप पुर्‍याउने उने प्रतिवद्धता गरेका छौँ । दिलाउँछौ । देखिने किसिमका केही काम हामी गर्न चाहन्छौँ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org