ताजा समाचार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडाै । सत्तारुढ गठबन्धनमा सामेल दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारामा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी छन् ।

जारी बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org