ताजा समाचार

जसपाका नेताहरू निर्वाचन आयोगमा, पार्टीकाे वैधानिकता आजै टुङ्गिने

काठमाडाैँ । जसपाको वैधानिकताको परीक्षण निर्वाचन आयोगमा भइरहेको छ ।

त्यसका लागि आयोगले जसपाका दुवै पक्षलाई बोलाएर केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदैछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको चरणमा छ । त्यही विभाजनको चरणमा आधिकारिक दल कसको हुने भन्ने लडाइँ निर्वाचन आयोगसम्म पुगेको थियो ।

आयोग पटकपटक छलफल र बहसपछि अन्तिम निर्णय लिने तयारीमा छ । त्यही तयारीका क्रममा दुवै पक्षमा खुलेका कार्यकारिणी सदस्यलाई हस्ताक्षरका लागि आयोगमा बोलाएको हो । आयोगमा भेला भएर जसको पक्षमा बहुमत सदस्य देखिन्छ, त्यही पक्षले पार्टीका आधिकारिता पाउनेछ ।

पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह पाउने पक्ष आधिकारिक हुन्छ । र, अर्को पक्षलाई आयोगले नयाँ पार्टी दर्ता गर्न आव्हान गर्नेछ ।

निर्वाचन आयोगबाट आधिकारिकताका लागि उपेन्द्र यादव पक्ष अहिलेसम्म बलियो देखिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२  जना यादवको पक्षमा खुलेका छन् । र, उनीहरू आइतबार दिउँसैदेखि गोदावरी रिसोर्टमा बसेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org