ताजा समाचार

बहादुर भवनमा हेड काउन्ट: यादव ३५ ठाकुर पक्षमा १६, रेशम चौधरीले पनि गुट फेरे !

काठमाडौं । जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन् ।

निर्वाचन आयोगमा उपस्थित भएर ३५ जनाले यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन् ।

अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए । उनी निकट स्रोतका अनुसार रेशम चौधरी पनि अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन् ।

उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

यसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए ।

ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org