ताजा समाचार

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, ठाकुर पक्षले अर्को पार्टी दर्ता गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो ।बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिको हेड काउन्ट गरेको थियो ।

जसमा ३४ जना उपेन्द्र यादवको पक्षमा उभिएका थिए भने १६ जना महन्थ ठाकुर पक्षमा र एकजना तटस्थ बसेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org