ताजा समाचार

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक सुरु भएको हो ।

गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत छन् ।

आजको बैठकमा मन्त्रिपरिषद्‌ बिस्तारलगायत बिषयमा छलफल हुने बताइएको छ । देउवा नेतृत्व सरकारमा यसअघि कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । त्यस्तै माओवादीबाट दुई जना मन्त्री छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org