ताजा समाचार

मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डा मिलाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रालयको भागबन्डा मिलाउनेलगायत विषयमा शीर्ष नेता बसेर चाँडै सहमतिमा पुग्ने समझदारी भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।

सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम बनाएर सोअनुसार अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) आफ्नै आन्तरिक व्यवस्थापनमा लाग्दा साझा कार्यक्रम निर्माण गर्न ढिलाइ भएको गठबन्धनको कार्यदलका संयोजकसमेत रहेका खड्काले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org