ताजा समाचार

पूर्व माओवादी नेताहरुकाे रिटकाे सुनुवाई न्यायाधीश कार्कीकाे एकल इजलासमा

काठमाडाैँ । सांसद पदमा पुनर्बाहलीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा हुने भएको छ।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टाेपबहादुर रायमाझी, प्रभु साह र गाैरीशंकर चाैधरीले सांसद पदमा पुनर्बहालीकाे माग राख्दै बुधबार सर्वाेच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए।

उनीहरुकाे रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीकाे इजलासमा पेशी ताेकिएकाे हाे।

आफूहरु एमालेमा प्रवेश नगरेकाेले माओवादी केन्द्रमै रहेकाे उनीहरुकाे जिकिर छ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीकाे साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए।

तर माओवादी केन्द्र त्यागेकाे भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेकाे तीन महिनापछि उनीहरु पुनर्बहालीकाे माग राखेर सर्वाेच्च गएका हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org