ताजा समाचार

केपी ओली जान थाले नियमित पार्टी कार्यालय

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्त्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयमै गर्न थालेका छन् ।

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरू गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार पनि अध्यक्ष ओली केन्द्रीय कार्यालयमा आएर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उनको भनाइ छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए । पार्टी अध्यक्ष ओलीका अत्यावश्यक बैठक भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रूम तयार गरिएणको तामाङले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org