ओली र नेपालबीच संवाद गराउन दोस्रो तहका नेताहरू सक्रिय
काठमाडाैँ । आन्तरिक विवाद चुलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादका लागि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्।
ओलीनिकट नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलले ओलीसँग भेटेर कुरा गर्न नेपाललाई आग्रह गरेका छन्।
बिहीबार संसदीय दलका उपनेता नेम्वाङ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। भेटमा आफूले अध्यक्ष ओलीसँग भेट्नुस् भनेको उनले बताए।
‘उहाँ -नेपाल_ अलि परै हुनुहुन्छ। हामीले कोशिश गरिरहेका छौं। दुई जना भेट्नुस् भनेका छौं,’ नेम्वाङले भने,‘ कतिपय कुरा उहाँहरूकै बीच गर्न मिल्छ। हामीले त कार्यदलका तर्फबाट १० बुँदे बनाएका छौं। त्यही कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। अरू केही कुरा गर्नुपर्ने हुन्छ भने त्यो उहाँहरूले गर्ने हो।’
नेम्वाङले आज बिष्णु पौडेलले नेता नेपाललाई भेट्ने जानकारी दिए। नेम्वाङ र पौडेल दुबै जना विवाद समाधान कार्यदलमा थिए।
उक्त कार्यदलले बनाएको प्रतिवेदन नेता नेपालले स्वीकार गरेका छैनन्।
नेपालसहित २२ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि ओली समूहले उनीहरूलाई स्पष्टिकरण सोधेको थियो। पछि ओलीले सबैलाई ‘आममाफी’ भएको बताएका थिए।
नेता नेपालले भने ओलीसँग भेट्न चासो देखाएका छैनन्। एमालेलाई कुनै सर्तबिना २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने उनको अडान छ। कार्यदलले बनाएको प्रतिवेदनमा जेठमा फर्किने त भनिएको छ तर जेठ ३ र २०७७ फागुन २८ को निर्णय पनि मान्नुपर्ने उल्लेख छ। नेपाल त्यसमा असन्तुष्ट छन्।
नेपाल समूहले केही समयअघि प्रधानमन्त्री हुँदा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको थियो। विभिन्न जिल्लामा समानान्तर कमिटी पनि गठन गरिएको थियो। प्रतिगमन गरेर आफूहरूलाई आन्दोलनमा जान वाध्य पार्ने ओलीले आत्मआलोचना गर्नु पर्ने नेपालनिकट तेस्रो तहका नेताहरूको माग छ।
अध्यक्ष ओलीले भने पहिला जे-जे भयो अब मिलेर काम गरौं भन्ने गरेका छन्। उनले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...