ताजा समाचार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन्।

स्रोतका अनुसार उनीहरूबीच केहीबेर अगाडिदेखि भेटवार्ता भइरहेको छ।

पौडेल अध्यक्ष केपी शर्मा ओलीनिकट छन्। एमालेमा पार्टीभित्र आन्तरिक एकताका पहल भइरहेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई साउन ३ मा ओली पक्षका ८ सहित २२ एमाले सांसदले विश्वासको मत दिएका थिए।

त्यसपछि ओली-नेपाल सम्बन्ध झन् बिग्रेको थियो। ओलीले देउवालाई मत दिएकालाई माफी दिने बताइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org