ताजा समाचार

प्रचण्डको ‘ब्रिफिङ’– माधव नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको बताएका छन् ।

आजको स्थायी कमिटी बैठकमा प्रचण्डले एमाले एकताकोे कुरा चलिरहेकाले नेपाल पक्ष तत्काल सरकारमा आउने सम्भावना नरहेको ‘बिफ्रिङ’ गरेको एक सदस्यले बताए ।

“माधवजीको सबै कुरा हेर्दा सरकारमा जाने सम्भावना छैन । उहाँको आजको बैठकले निर्णय गर्ला,” प्रचण्डले भनेका थिए ।

अघिल्लो स्थायी कमिटी बैठकमा भने प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने ब्रिफिङ गरेका थिए ।

आजको बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउन भोलि पनि स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीको तर्फबाट भोलि मन्त्री टुंगो लगाएर पर्सिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको ती सदस्यले बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org