ताजा समाचार

एमाले स्थायी कमिटी बैठक– वामदेव सहभागी, माधव नेपाल पक्ष अनुपस्थित

काठमाडाैँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू भएको हो ।

सहमतिका लागि आजसम्म कुर्ने भन्दै शनिवारको बैठक स्थगित गरिएको थियो । आइतवारको बैठकको शुरूमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org