ताजा समाचार

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चारजना घाइते

काठमाडौं । वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप हुँदा चारजना प्रदर्शनकारी घाइते भएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

घाइतेहरूको अवस्था गम्भीर नरहेको र इमर्जेन्सीमा उपचार भइरहेको आन्दोलन कमिटीका संयोजक दीपक मुडबारीले बताए ।

वीर अस्पतालमा कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतम नियुक्त भएको लामो समयसम्म पनि कुनै परिवर्तन नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । मुडबारीका अनुसार प्रदर्शन चलिरहँदा डा. गौतम अस्पतालबाट बाहिरिएका थिए । प्रदर्शनकारी थप आन्दोलनको तयारी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org