ताजा समाचार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।  साउन १६ देखि सुरु भएको बैठकले आइतबार विधान संशाेधन महाधिवेशन लगायतका निर्णय गरेको थियो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए भने माधव नेपाल समूह भने सहभागी भएको छैन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org