ताजा समाचार

सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ ।

गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले  जानकारी दिइन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org