ताजा समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम अपरान्ह चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने

काठमाडौँ  । गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम आज अपरान्ह चार बजे सार्वजनिक गरिने भएको छ ।

सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अपरान्ह चार बजे सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तय भएको जानकारी दिए ।

‘सरकारको न्यूनतम साझा कार्यक्रम अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ,’ सरकारका प्रवक्ता कार्कीले  भने ।

सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेसका डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जनता समाजवादी पार्टीका महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको थियो ।

त्यो प्रतिवेदनलाई अन्तिम रूप दिन बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । छलफलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि सार्वजनिक गर्ने समय र स्थान तय भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org