ताजा समाचार

स्थायी कमिटीमा गएका वामदेव केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

काठमाडौं  । नेकपा एमाले स्थायी कमिटी बैठकमा गएका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठक अहिले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको छ।

स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीसँग उपाध्यक्ष गौतमको चर्काचर्की परेको थियो। अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपालमाथि ओलीका अभिव्यक्ति र व्यवहारको गौतमले चर्को आलोचना गरेका थिए।

उनले विधान संशोधन गर्दा अध्यक्षलाई आममाफी दिने र पार्टीका कुनै नेतालाई गद्दार, अपराधी, देशद्रोही घोषणा गर्न सक्ने अधिकार दिन पर्ने व्यंग्य गर्दै आक्रोश पोखेका थिए।

स्थायी कमिटी बैठक सकिएको केहीबेरपछि केन्द्रीय कमिटीको बैठक सुरु भए पनि गौतम अनुपस्थित भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org