ताजा समाचार

केपी ओलीले भनेः हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिनेछ

२५ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए ।

उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो’ ओलीले भने, ‘पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो ।’

उनले आफूहरुले  सशक्त प्रतिपक्षको भूमिका खेल्ने दोहोर्याउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिंगौरी खेल्न आए सिँग भाँचिने चेतावनी दिए ।  आफ्नो नेतृत्वको सरकारले धरहरा, रानीपोखरी बनाउनेदेखि मेलम्चीको पानी काठमाडौंसम्मै ल्याएको भन्दै ओलीले त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए ।

भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहरू’, उनको भनाइ थियो  । अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org