ताजा समाचार

प्रचण्डको दबावपछि विद्युत प्राधिकरणमा कुलमानको नियुक्ती

२५ साउन, काठमाडाै । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर शाक्यको ठाउंमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णयमा हस्ताक्षर गर्न लगाएको स्रोतको दावी छ ।

मन्त्रिपरिषको बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो । त्यसलगत्तै मुख्यसचिवलाई बोलाएर प्रस्तावमा हस्ताक्षर गर्न लगाएको स्रोतले बतायो । शाक्यलाई जल तथा उर्जा आयोगमा पठाइएको छ ।                                               मन्त्रिपरिषदको आजको वैठकमा उर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव लगेकी थिईन । तर, उनको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्विकृत गरेका थिए ।

लगत्तै मन्त्री भुसालले उक्त जानकारी माओवादी अध्यक्ष दाहाललाई दिएकी थिईन । त्यसपछि दाहाल एकघण्टामा नै बालुवाटार पुगेका थिए । उनकै दबावमा प्रधानमन्त्री देउवाले मुख्यसचिव वैरागीलाई बोलाएर घिसिङलाई नियुक्ती गर्ने निर्णयमा हस्ताक्षर गर्न निर्देशन दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org