ताजा समाचार

प्रधानमन्त्री देउवालाई ओलीले भने – मेरो पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै दलका मानिसलाई पनि मन्त्री बनाइदिन अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले मन्त्री खान कुदेकाहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका हुन्।

‘मेरै पार्टीका केही मानिसहरू पाउँला र खाउँला भनेर यहाँ (देउवा) का पछाडि कुदेका छन्। तिनीहरूलाई मन्त्री बनाइदिनुस् न,’ ओलीले भने, ‘किन बिलम्ब गर्नुभएको?’

उनले मन्त्री खान स्वाँस्वाँ र फ्याँफ्याँ गरिरहेको भन्दै सांसदहरूप्रति कटाक्ष पनि गरेका छन्। साउन ३ मा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए।

‘पछिपछि हिँडेका छन् पिलिज तिनीहरूलाई मन्त्री बनाइदिनु न,’ ओलीले भनेका छन्, ‘बिहान बेलुकी चाकरीमा हाजिर भएका छन्। मेरो दलमा घाटा भए सहुँला बुझुँला, मन्त्री बनाइदिनुस्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org