ताजा समाचार

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् ।

१९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org