ताजा समाचार

लुम्बिनी प्रदेशसभा प्रकरण–आनन्दमोहनको इजलासमा पेसी तोकियो

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र त्यसमाथि छलफल गर्न प्रदेश प्रमुखले डाकेको प्रदेशसभा अधिवेशन असंवैधानिक रहेको भन्दै परेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदैछ ।

प्रदेशसभा सदस्य लिला गिरीले दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी राखिएको छ ।

यसअघि मंगलवार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

आज अपरान्ह १ बजे प्रदेशसभाको अधिवेशन डाकिएको छ । तर सो रिटमाथिको पेसी पछाडि राखिएकाले आज पनि हेर्न नभ्याइने वा ढिला हुने सम्भावना छ ।

अदालतले कुनै आदेश नदिए वा हेर्न नभ्याइएमा लुम्बिनीको प्रदेशसभामा अन्योल कायमै रहनेछ ।

सत्तापक्षले असंवैधानिक ढंगले बोलाइएको संसद अधिवेशन बहिस्कार गर्ने संकेत दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org