केन्द्रीय समितिअघि आगामी महाधिवेशनबारे रणनीति तय गर्दै देउवा
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू बुधबार बिहानै बुढानीलकण्ठ पुगेका छन् ।
दिउँसो कांग्रेस पदधिकारी (शीर्ष नेता)हरूको बैठक बस्ने भएपछि अहिले देउवा पक्षका केही नेताहरू बुढानिलकण्ठमा भेला भएका हुन् । बिहीबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारी स्वरुप यो बैठक तय भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खढ्काले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा महाधिवेशन र सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने भएकोले पूर्व तयारी गर्न आज बैठक बस्न लागेको बताइएकाे छ । भदौमा महाधिवेशन गर्न दबाबमा रहेका देउवा त्यसलाई टारेर मंसिर पुर्याउने ध्येयमा छन्।
देउवाले अब केहीबेरमा चल्ने बैठकमा सरकार संचालन, मन्त्रिपरिषद् विस्तारमा गठबन्धनको हडललगायतका विषयमा छलफल गर्दै आफू निकटका नेताहरूको राय लिने बताइएको छ ।
छलफलमा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री खड्का, प्रकाशशरण महत, रमेश लेखक, नारायण खड्कालगायत रहनेछन् । उक्त बैठकपछि दिउँसो भने रामचन्द्र पौडेल र शशांक कोइरालासहितको बैठक बस्नेछ ।
प्रधानमन्त्री भएपछि उनले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नगर्ने भने अनुसार उनी पार्टी कार्यालयभन्दा देउवा निवासमा गएर छलफल गर्न लागेका हुन । उनले पार्टीको अधिकांश बैठक देउवा निवासमा नै छलफल गरेका छन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...