ताजा समाचार

एमालेले अधिवेशन बहिस्कार गरे पनि अविश्वास प्रस्ताव टेबुल हुन्छ : सभामुख घर्ती

काठमाडाैँ । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन्।

सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मतमाथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया उल्लेख गर्दै यस्तो बताएका हुन्।

उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने तर्क गरे। ‘विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैंमा निर्वाचन प्रक्रिया हो। कुनै पनि एउटा निर्वाचनमा एउटा उम्मेद्वार अनुपस्थिति हुन्छ भनेर वा मतदात अन्माउने भनेर निर्वाचन प्रक्रिया रोकिँदैन,’ पहिलोपोस्टसँग सभामुख घर्तीले भने।

उनले नेकपा एमालेले बैठक बहिष्कार गर्ने सम्बन्धमा आफूलाई कुनै पनि औपचारिक जानकारी नभएको बताएका छन्। अविश्वासको प्रस्ताव माथि छलफल गराउन विशेष अधिवेशन आव्हान भएकोले कार्य परामर्श समितिको बैठक पनि बस्नु नपर्ने उनको दाबी रह्यो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org