ताजा समाचार

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।

उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ–आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org