ताजा समाचार

माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’

काठमाडौं । नेकपा एमाले विभाजनको तयारीमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय गरेका छन् ।

यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार दल दर्ताको निवेदन दिएर नेताहरु आजै निर्वाचन आयोग जाने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org