ताजा समाचार

माधव नेपालबाट अलग भएका ९ नेताद्वारा एकताको आह्वान

काठमाडौं । नेकपा एमालेका ९ जना नेताले विभाजित पार्टीको एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन्।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन्। विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ।

‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org