ताजा समाचार

माधव नेपालको पार्टीको नाम फेरियो, नेकपा (एकीकृत समाजवादी) राख्न निवेदन

काठमाडौं । निर्वाचन आयोगले एउटा पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने सुझाव दिएपछि माधकुमार नेपालले गठन गरेको नयाँ पार्टीको नाम फेरिएको छ ।

नेपालले नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एमाले (समाजवादी) दर्ताका लागि बुधबार निवेदन दिएका थिए । तर, एमालेसँग नाम मिल्दोजुल्दो भएपछि आयोगले अर्को नाम ल्याउन भनेको थियो । उनीहरुले आज आयोगमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राख्नका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालको पार्टीको चुनाव चिह्न भने अझै टुंगो लागेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org