ताजा समाचार

राजेन्द्र राईको टिप्पणी : एमालेमा माधव नेपालको स्पष्ट बहुमत देखियो

काठमाडाै ।  प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा (एमाले) भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन्।

नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि उनले यस्तो दाबी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो।’

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ११५ जना नेताहरू नेता नेपालको पक्षमा भएकाले चिह्न र नाम पाउने अवस्था देखिएको राईले तर्क गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org