ताजा समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बदैछ ।

बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसको तयारी, पार्टी केन्द्रीय समितिले गरेका निर्णय कार्यान्व्यन गर्नका लागि आवश्यक संरचना निमार्ण, केन्द्रीय सदस्यहरु थप गर्नेलगायत विषयमा हिजोदेखि शुरु भएको छलफलले निरन्तरता पाउनेछ ।

आजको बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ मा हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल शुरु गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कतिपय सांगठनिक विषयको बारेमा निर्णय लिन केन्द्रीय कमिटीले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो ।

बैठकले केन्द्रीय कमिटी र प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने तथा केन्द्रीय सदस्यहरूको कार्य विभाजन बारेमा आवश्यक निर्णय लिने नेता श्रेष्ठले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org