कुलमानले मिडिया रिझाउन बाँडे १ करोडको विज्ञापन, अख्तियारमा मुद्दा
काठमाडौं । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्यको चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको ३५ औं वार्षिकोत्सवमा मात्रै मिडियालाई विज्ञापनबापत झण्डै १ करोड रुपैयाँ खर्चिएको छन् ।
घिसिङले ३५औं वार्षिकोत्सवमा ७३ लाख १८ हजार ५ सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पत्रपत्रिका, अनलाइन र टिभीमा विज्ञापनबापत सो रकम खर्चिएको देखिएको हो ।
जनताको पैसालाई मनोमानी रुपमा खर्च गरेर मिडियालाई आफ्नो पक्षमा पारेको भन्दै कुलमानविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ । घिसिङको यसअघिको कार्यकालमा कुल २८ करोड रुपैयाँ विज्ञापनबापत खर्च गरेको र त्यसैबाट मिडिया उनको पक्षमा भएको भन्दै छानबिन गर्न माग गर्दै अख्यिारमा उजुरी परेको हो ।
उनले औसतमा वार्षिक रूपमा ७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको अख्तियारको उजुरीबाट देखिन्छ । ४ वर्षे कार्यकालमा घिसिङले २८ करोड रुपैयाँ खर्च गरेको र छानबिन गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
३५औं वार्षिकोत्सवमा कुलमान घिसिङले गरेकाे खर्चकाे विवरण
मिडियालाई आफ्नो पक्षमा पारेपछि उनको विरोध कतैबाट पनि नहुने भन्ने राम्रोसँग बुझेका घिसिङले ठूलो रकम मिडियामा खर्च गरेका हुन् । उनले मिडियाअनुसार विज्ञापन रकम उपलब्ध गराएका छन् ।
३५औं वार्षिकोत्सवमा सबैभन्दा बढी गोरखापत्रलाई विज्ञापनबापत रकम उपलब्ध गराएका छन् । उनले गोरखापत्रलाई एउटै कार्यक्रमबापत ७ लाख रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएका हुन् । त्यसैगरी, दोस्रो धेरै पैसा लिनेमा कान्तिपुर मिडिया ग्रुप छ । उसले एउटै साधारणसभाबाट झण्डै ४ लाख रुपैयाँभन्दा बढी पैसा लिएको हो । न्यू बिजनेस एज, कामना प्रकाशन प्रालि, नागरिक दैनिक र नयाँ पत्रिकासहित घिसिङले १ सय ४४ वटा मिडियालाई रकम उपलब्ध गराएको देखिएको छ । यो सम्पूर्ण विवरण एउटै कार्यक्रमको हो ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...