ताजा समाचार

वाइसिएल नेपालको राष्ट्रिय भेला भर्चुअल विधिबाट, अध्यक्षका मुख्य दाबेदार सेर्पाली

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ ।

भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ ।

वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् ।

हालसम्म अध्यक्ष चार जना दाबेदार छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु यशोदा न्यौपाने, सुमन देवकोटा (अब्दुल), सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् ।  यी चारमध्ये  रुकुम पूर्वका सुवोधराज सेर्पाली बलियो दाबेदारको रुपमा देखिएका छन् ।

तर, सेर्पाली भने संगठनको नेतृत्व आफूले पाउनुपर्नेमा ढुक्क देखिन्छन् । १४ वर्षको उमेरमा माओवादी जनयुद्धमा बन्दुक बोक्न पुगेका उनी संगठनमा उनको क्रेज तथा आम युवा नेताहरुले उनलाई सहर्ष स्विकार गर्ने कारण पनि उनी वाईसीएलको अध्यक्ष दाबी प्रस्तुत गर्दै आएको जनाइन्छ ।

सेर्पाली संगठनको जिल्ला , तत्कालीन मगरात राज्य,केन्द्रीय कोषाध्यक्ष महासचिवको जिम्मेवारी पूरा गरेका माओवादी केन्द्र लुम्बिनी प्रदेशको सदस्य समेत हुन ।

वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हो ।

ओलीका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् ।

काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लाग्न भने बाँकी छ । तर मुख्य होस्ट काठमाडौंमा हुनेछ । काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् । त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् । यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ ।

भेलाबारे जानकारी दिन बिहीबार दिउँसो एक बजे पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org