ताजा समाचार

भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

विराटनगर । नेकपा (एमाले)का नेता भीम आचार्यले प्रदेश नम्बर–१ को मुख्यमन्त्री पदको शपथ लिएका छन् । आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखले उनलाई शपथ गराएका हुन् ।

आचार्यले प्रदेशसभाको सबैभन्दा ठूलो दलको दलका नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका हुन् । एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

आजै बसेको नेकपा (एमाले) प्रदेश नम्बर–१ संसदीय दलको बैठकमा उनलाई दलको नेता चयन गरिएको थियो । २६ सांसदले आचार्यको पक्षमा हस्ताक्षर गरेका छन् । यहाँ एमालेका ५१ सांसद छन् ।

यसअघि, आजै मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृति भएपछि नयाँ मुख्यमन्त्री नियुक्त गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org