जनगायक जेबी टुहुरेको निधन
काठमाडाैं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को बिहीबार निधन भएको छ ।
७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।
उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। त्यो भन्दा पहिले ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ गीतबाट ख्याति कमाएका उनि तत्कालिन ने क पा माले को राजनीतिमा संलग्न रहेर मोरङमा बसोबास गरेका थिए।
लामो समय एमालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गरेका टुहुरे जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए। उनी संविधानसभामा मनोनित सदश्य पनि भएका थिए।
जे वी टुहुरे, रामेश, मंजुलअरिमसँगै अग्रिम मोर्चामा रहेर संगीत कर्ममा जुटेका थिए। तत्कालिन ने क पा माले निकटस्थ जनसाँस्कृतिक मञ्च को स्थापनामा समेत सक्रिय रहेका उनी पछिल्लो कालखण्डमा नेकपामा आबद्ध थिए।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
लामा जोपा रिन्पोछेको पुस्तकमा सुखी
काठमाडौं । जीवनको उपाय बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित...
-
अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडाैं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले...
-
अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्याउने...
-
पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको...
-
पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो
काठमाडाैं । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ ।...
-
जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ...
-
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले
काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार...
-
‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय...
-
पदभार ग्रहण गर्दै भुवन केसीले भनेः मलाई असफल हुने छुट छैन
काठमाडौं । नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको...