ताजा समाचार

सिंहदरबारमा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अहिले केहिबरेमा बैठक बस्ने भएको हो।

‘बैठक केहीबेरमा बस्छ,’ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने। आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ।

उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक राखेको हो। एमालेले संसदमा कडा रूपमा प्रस्तुत हुने संकेत गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि लगातार प्रश्न उठाइरहेका छन्। उनले आफूले सिफारिस गरेका १४ सांसदलाई कारवाहीको सूचना प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए। उनले सभामुख सापकोटालाई ‘संसद चलाउनु छ कि छैन’ भन्दै प्रश्न गरेका थिए। एमाले सांसदहरुले सभामुखको कार्यकक्षमा धर्ना समेत दिएका थिए।

प्रमुख सचेतक भट्टराईले आजको बैठकमा एमालेले सभामुखले कारवाहीको सूचना प्रकाशित नगरेको विषयमा अवरोध गर्ने नगर्ने विषयमा बैठकले निर्णय गर्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org