सिंहदरबारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै
काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।
संघीय संसदको बैठक बस्नुअघि बुधबार दिउँसो तीन बजे सिंहदरबारमा गठबन्धनको बैठक बस्न लागेको स्रोतले जानकारी दियो।
सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। पछिल्लो समय सरकारले अध्यादेश ल्याएपछि बनेका दुई दलले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।
नयाँ पार्टी गठन गर्नुअघि नै माधवकुमार नेपाल सत्तारूढ गठबन्धनमा थिए। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भएकाले उनी प्राय: गठबन्धनका बैठकमा उपस्थित हुँदैन थिए।
नेपालको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) दर्ता भइसकेको छ भने उनी संसदीय दलको नेता चयन भइसकेका छन्।
आजै नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालसहित एमालेले कारबाही सिफारिस गरेका सांसद आए संसद बैठक चल्न नदिने बताएका छन्।
संसद सहज रूपमा चलाउन, अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा बनाउनका लागि गठबन्धनको बैठक बस्न लागेको हो।
गठबन्धनमा रहेका केही नेताहरू एमसिसी पारित गर्न नहुने पक्षमा छन्। पछिल्लो समय राष्ट्रिय राजनीतिमा निकै चर्चामा रहेको एमसिसीबारे गठबन्धनले के निर्णय गर्छ भन्ने चासोका साथ हेरिएको छ।
यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका थिए।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...