ताजा समाचार

एमसीसी उपाध्यक्ष सुमारसहितको टोली काठमाडाैंमा

काठमाडाैँ । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स नेपाल आइपुगेका छन् ।

आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

एमसीसी प्रतिनिधिमण्डल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । सुरक्षाकर्मीले पत्रकारहरूलाई विमानस्थल प्रवेश गर्न दिएका छैनन् ।

सुमार नेतृत्वको एमसीसी टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org