ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनको बैठक बिहान ९ बजे बस्दैछ । उक्त बैठक सकिएपछि ११ः४५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् । त्यसैले सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसीसी पनि भएकाले त्यसलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org