पौडेलले देउवालाई भने– ‘पार्टीको चुनावमा राज्यको शक्ति प्रयोग नहोस्’
काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीको महाधिवेशनमा राज्यको साधन–शक्ति प्रयोग नगर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
पौडेलसहितका नेताहरूले शुक्रबार बिहान सभापति देउवालाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
‘पार्टीको निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस् भनेर आग्रह गर्यौँ,’ पौडेलले भने । उनले पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग गर्न नहुने विषयमा ध्यानाकर्षण गराएको बताए । ‘हामीले पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् भनेका छौँ । साथै पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ,’ पौडेलले भने ।
भेटमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूवसहमहामन्त्री अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल र जीवन परियारलगायत सहभागी थिए ।क्रियाशील सदस्यताको विवाद समाधान र बाँकी जिल्लाको वडासहित अन्य तहको अधिवेशनको प्रक्रियाका विषयमा समेत नेताहरूबीच छलफल भएको छ । १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन ५५ जिल्लामा मात्रै प्रक्रियामा छ ।
कतिपय जिल्लामा अझै सकिएको छैन भने । देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विवरण सार्वजनिक भए पनि विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । त्यसबाहेक प्रदेश २ का सबैसहित २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलेको छैन । भदौ २७ गते पालिका तहको अधिवेशन गर्ने अर्को कार्यतालिका छ । पौडेल समूहले सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर ७५३ वटै पालिकाको अधिवेशन एकैपटक गर्नुपर्ने माग गरेको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...