ताजा समाचार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैँ । एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् ।

बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले बाढी पहिरो, जनताका तत्कालका समस्याबारे अरु सांसदहरुले बोल्न खोजेको भन्दै नाराबाजी रोकेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे तर एमाले सांसदहरुले अवज्ञा गरे । आजको बैठकमा बजेटसम्बन्धी ३ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org